Hello Guest! Welcome to Nepal Kyokushin Karate Do.
Something you might want to know about us.
Don't be hesitated to contact us if you have something to say.

Custom Search

ऐतिहासिक महिला

| |
|





नेपालमा खेलकुदको ईतिहास लामो भएपनि मार्सलआर्टको परिप्रेक्ष्यलाई हेर्ने हो भने २०३९ सालमा जगत गौचन द्धारा सर्वसाधारणले पनि खेल्न पाउन भनी राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल मार्सलआर्ट संघवाट प्रशिक्षण दिन थालीयो । क्योकुशिन कराते धेरै जोखीम खेल मानिन्छ । त्यसैले यस्मा महिलाको सहभागीता खासै हुदैन । स्थापनाको १४ बर्षको यात्रापछी बसन्तपुर डोजोले महिलाहरुको प्रतिस्पर्धा गराई महिलाहरुलेपनि यो खेलमा भिडन सक्छन भन्ने नेपालमा पहिलो पटक प्रमाण दिएको थियो । यसै समय देखि नेपाली क्योकुशिनको आकासमा उदाएको एउटानाम हो बिनिता महर्जन ।

      काठमाडौं न्यरोड सवलबहालमा पिता अष्टनारायण र माता लक्ष्मी महर्जनको कोखवाट जन्मनु भएकी बिनिता परिवारको कान्छी छोरी हुनु हुन्छ । सितेरीयो कराते हुदै क्योकुशिनमा प्रवेश गरेका बिनिताको एउटा अनौठो किर्तिमान छ । सहभागीता जनाएको कुनैपनि प्रतियोगीतामा खालीहात फर्कनु परेको छैन । करातेको उपल्लो दर्जा ब्ल्याक बेल्ट दोस्रो डान प्राप्त गहाले पहिलो पटक बिजय हुँदाको बर्णन उहाकै शब्दमा म सितेरीयो कराते खेल्दै थिए । पहिला क्योकुशिन खेलेर प्रतियोगीता नहुने भएकोले छोडेर सितेरीयोमा उएको थिए ।बसन्तपुरमा महिला प्रतियोगीता हुने थाहा पाएर नेपालमम पहिलो पटक हुने प्रतियोगितामा सहभागी हुन पाउने भएकोले पुनं ट्रेनिङमा फर्के । २०५३ सालमा म लगाएत बिनिता चौधरी,प्रमिला थापा,कबिता राई बसन्तपुर डोजोवाट सहभागिता हुने भयो । पहिलो प्रतिस्पर्धा भएकोले जावलाखेल डोजोका गंगा थापा र सरीला श्रेष्ठ उत्कृष्ट खेल्छ भन्ने सुनेको थिए । सेमिफाईनल सम्मको यात्रमा खासै कठिनाईको सामना गर्नु परेन । सेमिफाईनलमा प्रमिला थापालाई कडा प्रतिस्प्रधामा जिते । फाईनलमा सरीला श्रेष्ठसंग दुई राउण्ड संम्म ड्र भयो तेस्रो राउण्डमा मैले जिते तिनवटा रातो झण्डा र एकवटा ड्रको झण्डा उठ्दा त मैले संसारनै बिजयभएको आभास भयो । मेरो बुबाले हर्षको आशुँ झार्नु भयो । म पहिलो पटक नेपाल च्याम्पियन बनेकी थिए । भोलीपल्टको सबै पत्रीकामा मेरो फोटो सहित "ऐतिहासिक बिजयी महिला बिनिता" बिनिता पहिलो
नेपाल च्याम्पियन बनिन " ईतिहास रचिन बिनिताले"स्वर्ण अक्षरमा नाम लेखीन बिनिताले"जस्ता शीर्षकमा समाचारहरु आए । मेरो पनि हर्षको सिमानै थिएन । त्यस समय मोवाई त थिएन तर घरको फोनमा आफन्तजन र साथीभाईहरुको निरन्तर बधाई शुभकामना फोन उठाउन भ्याई नभ्याई नै थियो । जिवनको अबिष्मरणीय क्षण थियो ।

0 comments:

 
web

Followers